
चन्द्रागिरि हिल्स लिमिटेडले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना शेयरधनीहरूलाई केबलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरूमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीहरूले जीपलाइन, स्काई साइक्लिङ, स्वीङ, वाल क्लाइम्बिङ, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरूको शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था पाउनेछन्।
यस नयाँ योजनाअन्तर्गत छुट सुविधा लिन शेयरधनीहरूले आफ्नो शेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउन्टरमा प्रस्तुत गर्नुपर्नेछ । यो योजना १ वर्षका लागि लागू रहने जनाइएको छ ।
काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरि पहाडमा निर्माण गरिएको केबलकारसहित यो नयाँ गन्तव्य धार्मिक, साहसिक, मनोरञ्जन तथा छुट्टी मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तव्यका रूपमा रहेको छ ।
साथै प्रत्येक भ्रमणमा शेयरधनीहरूलाई संध्याकालीन केबलकारको टिकटसमेत प्रदान गरिने छ । यस योजना सम्बन्धित विस्तृत सेवा तथा शर्तहरूका जानकारी तल दिइएको कम्पनीको नम्वर तथा ठेगाना मार्फत प्राप्त गर्न सकिनेछन्।
चन्द्रागिरि हिल्स लिमिटेड
सम्पर्क ठेगानाः थानकोट ,काठमाडौँ
इमेलः [email protected]
सम्पर्क नम्बरः९८०२०८४००७/९८०२३००३०६