०८ साउन २०८३, शुक्रबार
प्रचण्डको सयदिने उपब्धिप्रति एमालेको कटाक्ष

प्रचण्डप्रति एमालेको कटाक्ष- सरकारको सय दिनमा कति बालबालिका जन्मे, त्यो किन उल्लेख भएन ?

प्रचण्डप्रति एमालेको कटाक्ष- सरकारको सय दिनमा कति बालबालिका जन्मे, त्यो किन उल्लेख भएन ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारको सय दिन उपलब्धिहीन बनेको टिप्पणी गरेको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा एमाले स्थायी कमिटीका सदस्य समेत रहेका सांसद रघु पन्तले सरकारको सय दिन खेर गएको आरोप पनि लगाए। 

‘सरकारी अखबारमा प्रधानमन्त्री प्रचण्डको सय दिनका ३७ बुँदे उपलब्धि भनेर पढ्न पाइयो । त्यहाँ एउटा कुरा छुटेछ- प्रचण्ड प्रधानमन्त्री भएदेखि यता नेपालका अस्पतालमा कति बालकालिका जन्मे, कति मिलिलिटर पानी पर्‍यो र घाम कति दिन लाग्यो ? त्यो पनि समावेश गरियोस्’, सांसद पन्तले कटाक्ष गर्दै प्रश्न सोधे। 

एमाले सांसद पन्तले प्रचण्ड प्रधानमन्त्री भएको सय दिनमा भ्रष्टाचार बढ्नेबाहेक केही काम नभएको टिप्पणी गरे ।

सांसद रघुजी पन्त

‘काम गरेको छैन, एउटासँग बिहे गर्‍यो, अर्कोसँग पोइल गयो । अनि केही दललाई लिएर सरकार बनायो’, उनले टिप्पणी गरे । 

कतिपटक प्रधानमन्त्री बने भन्नुभन्दा उपलब्धि के भयो भन्ने कुरा महत्वपूर्ण हुने भन्दै उनले भने, 'मनमोहन एकपटक प्रधानमन्त्री बन्नु भएको थियो, त्यो पनि अल्पमतको, अहिलेसम्म उहाँलाई किन स्मरण गरिन्छ ?’ 

सांसद पन्तले बोल्दै गर्दा माओवादीका सूर्यमान दोङ तामाङले नियमापत्ति गर्न खोजेका थिए, तर सभामुखले दिएनन् । पन्त बोलेपछि समय पाएका सूर्यमानले उनको भनाइ रेकर्डबाट हटाउन माग गरे । किन हटाउने भन्ने तर्क दिन भने सकेनन् ।

salt training

कमेन्ट गर्नुहोस्