![यस्तो छ सरकारको न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/rekha-sharma_yTzPlJ1e4X.jpg)
सरकारले न्यूनतम् साझा कार्यक्रम घोषणा गरेको छ।
सिंहदरबारमा एक कार्यक्रमबीच सञ्चार तथा सूचना प्रवधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता तथा साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
न्यूनतम् साझा कार्यक्रममा विस्तृत शान्ति सम्झौतालगायत गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने र भ्रष्टाचारको छानबिन गरी कडा कारबाही गर्ने बुँदाहरू उल्लेख छन्।
विगतमा नेपाल सरकार र विभिन्न राजनीतिक दल र पक्षहरूबीच भएका सहमति र सम्झौताहरूलाई हृदयङ्गम गरी देशलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि कटिबद्ध रहँदै यो कार्यक्रम ल्याएको मन्त्री शर्माले दाबी गरेकी छन्।
यस्तो छ संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम