
भारतको उत्तर प्रदेशस्थित अयोध्यामा भगवान् श्रीराम जन्मभूमि मन्दिर निर्माण कार्य तीब्रताका साथ अगाडि बढिरहेको छ ।
श्रीराम जन्मभूमि क्षेत्रका महासचिव चंपत रायले मन्दिर निर्माणका ताजा तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
मन्दिरको खम्बामा बिम राख्ने काम थालिएको र केही बिम राखिसकिएको जनाइएको छ । यससँगै मन्दिरको स्वरूप देखिन थालेको छ ।
डिसेम्बर २०२३ सम्म भगवान् श्रीराम मन्दिरको गर्भगृह निर्माण भएर जनवरी २०२४ मकर संक्रान्तिपछि गर्भगृह भक्तजनका लागि खुला हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यहाँ राम दरबारसँगै माता अन्नपूर्णा, भगवान् शंकर, बजरंगबली समेतका कैयौं मन्दिर बनाइनेछन् ।

श्रीराम मन्दिरको ५० प्रतिशतभन्दा बढी निर्माण कार्य पूरा भइसकेको छ । रायका अनुसार अक्टोबर २०२३ सम्म मन्दिरको पहिलो चरण निर्माण कार्य पूरा हुनेछ ।