२२ असार २०८३, सोमबार

सञ्चारमन्त्रीको स्पष्टीकरण- दूरसञ्चार ऐनको दफा बदल्ने छलफल गरेका छैनौँ

सञ्चारमन्त्रीको स्पष्टीकरण- दूरसञ्चार ऐनको दफा बदल्ने छलफल गरेका छैनौँ
फाइल तस्वीर

सञ्चारमन्त्री रेखा शर्माले दूरसञ्चार ऐनको कुनै दफा बदल्नेबारे छलफल नगरेको स्पष्ट गरेकी छन् ।

दूर सञ्चार ऐन २०५३ लाइ संशोधन गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति भए पनि मन्त्रालयले विधेयक बनाउनेबारे छलफल नगरेको उनले बताइन् । 

शुक्रवार प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर मन्त्री शर्माले दूरसञ्चार ऐन संशोधन गर्ने विधेयक ड्राफ्ट गरिसकेपछि सरोकारवालासँग छलफल गर्ने बताएकी हुन् ।

सरकारले विधेयकका कतिपय प्रावधान संशोधन गर्नेगरी विधेयकको ड्राफ्ट तयार गरेको भन्दै नेकपा एमालेका सांसद रघुजी पन्तले हिजो सरकारसँग जवाफ माग गरेका थिए । 

‘माननीयहरूले चिन्ता गरेजस्तो मन्त्रालयमा छलफल अगाडि बढाएकै छैनौँ । मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति भएको छ । दूरसंचार ऐनको दफा बदल्नेबारे छलफल गरेका छैनौँ, राष्ट्रलाई घाटा लाग्ने कुरा गदैनौँ’, मन्त्री शर्माले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्