०८ साउन २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न भन्दै धर्ना बस्यो निजी क्षेत्र

अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न भन्दै धर्ना बस्यो निजी क्षेत्र

रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न माग गर्दै निजी क्षेत्रले शुक्रबार धर्ना दिएको छ ।

राज्यले ४० अर्ब खर्चेर बनाएको देशको दोस्रो अन्तर्राष्ट्रिय एयरपोर्ट पूर्ण क्षमतामा चलाउन चासो नदिएको भन्दै निजी क्षेत्र संघर्षमा उत्रिएको हो । 

मुलुकको ४० अर्ब लगानी भई सञ्चालनमा आएको विमानस्थल पूर्ण रूपमा सञ्चालनका लागि सरकार, मन्त्रालय र सरोकारवाला निकायले चासो नदिएको उनीहरूको आरोप छ ।

उनीहरूले आफूहरूको आवाज नसुने कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिए ।

चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले  विमानस्थललाई केन्द्रित गरी अर्बौँ रुपैयाँ लगानी गरेका पर्यटन व्यावसायीहरूको लगानी डुब्ने स्थितिमा आएको बताए ।

उनले भैरहवा, रुपन्देही, लुम्बिनी प्रदेश मात्रै नभई समग्र देशको विकासका लागि पनि विमानस्थल पूर्ण सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । 

सञ्चालनमा आएको महिनौँ दिन बित्दासमेत अन्तर्राष्ट्रिय विमानस्थलमा साताको ३ दिन मात्रै एक-एक उडान हुँदै आएको छ ।

गत पुसमा मौसमको कारण देखाउँदै अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा रोकिएका थिए ।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू थप नभए आन्तरिक उडान पनि ठप्प पार्न बाध्य हुने अध्यक्ष ज्ञवालीले चेतावनी दिए । दर्जन बढी निजी व्यावसायिक संस्थाहरूको ऐक्यबद्धता रहेको विरोध कार्यक्रम दबाबस्वरूप शान्तिपूर्ण धर्नामा बसेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्