×

NMB BANK
NIC ASIA

७७ जिल्ला र सात सय ४८ स्थानीय तहमा स्वास्थ्य बीमा विस्तार

चैत २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

स्वास्थ्य बीमा बोर्डको सेवा ७७ जिल्ला र सात सय ४८ स्थानीय तहमा विस्तार भएको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार सेवा विस्तारमा बिर्डले विषेश ध्यान दिएको छ ।

Muktinath Bank

स्वास्थ्य बीमाबारे आज आयोजित अन्तरक्रियामा निर्देशक बसौलाले बीमा सङ्ख्या विस्तार हुने क्रम बढ्दै गएको बताए । उनले बीमालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नको लागि सबै तह, निकाय जिम्मेवारी हुनुपर्नेमा जोड दिए । “आर्थिक अभावका कारण स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले सञ्चालन भइरहेको बीमा सबैको साझा रहेकाले यसको प्रवद्र्धन गर्न सबै जिम्मेवार हुनुपर्दछ”, उनले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौँ र ललितपुर महानगरपालिकामा प्रथम सेवा बिन्दुको अभावमा स्वास्थ्य बीमा कार्यक्रम लागू नभएकामा सम्बन्धित अधिकारीसँग छलफल भएको र अब छिट्टै सञ्चालनमा आउने उनले बताए ।


Advertisment
Nabil box
Kumari

 बीमा कार्यक्रमलाई प्रवद्र्धन गर्न बोर्डले ११ मध्ये १० कार्यविधि तयार पारी कार्यान्वयनमा लगेको उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले विसं २०७२ चैत २५ गतेदेखि सञ्चालनमा आएको बीमा कार्यक्रम यही चैत १५ सम्म कूल बीमित जनसङ्ख्या ६४ लाख ५४ हजार सात सय ७२ र सूचीकृत सेवा प्रदायक स्वास्थ्य संस्था चार सय ५६ रहेको बताए । 

गरिबी वर्गको सूचीकरण, नवीकरण नर्सिङ महाशाखाले गर्दै आएको र अति विपन्न परिवारलाई बीमाको दायराभित्र ल्याउन विपन्न नागरिक औषधि उपचार कार्यक्रमको निर्देशिका परिमार्जन गर्ने प्रक्रिया अगाडि बढेको बोर्डले जनाएको छ । बोर्डका अनुसार कूल बीमित जनसङख्यामध्ये हाल सेवा लिनेको सङ्ख्या २८ लाख ९३ हजार पाँच सय ७२ रहेका छन् । 

    लक्षित वर्गको आबद्धतामा अति गरिब बीमित जनसङ्ख्या चार लाख ९८ हजार सात सय २२ र ज्येष्ठ नागरिक सात लाख ७७ हजार आठ सय १६ रहेका छन् । एच.आई.भी एड्स सङ्क्रमित बीमित सङ्ख्या परिवारका सदस्यसहित ३२ हजार पाँच सय ३०, अति अशक्त अपाङ्ग बीमित एक लाख २२ एक सय ५४, कुष्ठरोग सङ्क्रमित बीमित तीन हजार दुई सय ४२, टिबी बीमित तीन हजार १७ जना र महिला स्वास्थ्य स्वयं सेविका बीमित एक लाख नौ हजार छ सय सात जना रहेको बोर्डले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x