२७ असार २०८३, शनिबार

एकै दिन एकै जिल्लामा भेटिए कोरोनाको नयाँ भेरियन्टका २५ संक्रमित

एकै दिन एकै जिल्लामा भेटिए कोरोनाको नयाँ भेरियन्टका २५ संक्रमित

काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको नयाँ भेरियन्ट एक्सबीबी १.१६ का थप १४ संक्रमित भेटिएका छन् । 

गत १ हप्तामा नयाँ भेरियन्टका ११ संक्रमित देखिएकोमा शुक्रवार एकै दिन थप १४ संक्रमित भेटिएका हुन् ।

करीब ३ महिनापछि जिल्लामा पाइएको संक्रमण ५ महिलासहित २५ जनामा रहेको जनाइएको छ । जिल्ला स्वाथ्य कार्यालय धुलिखेलका अनुसार शुक्रवार संक्रमण पुष्टि भएकोमा बनेपा नगरपालिकाका २, धुलिखेलका २, पाँचखालका १, पनौतीका ७ तथा बेथानचोक र भुम्लु गाउँपालिकाका १/१ जना रहेका छन् । 

काभ्रेपलाञ्चोकमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबैमा कोभिडको नयाँ भेरियन्ट एक्सबीबी १.१६ पुष्टि भएको कार्यालयका प्रमुख डा. पुरुषोत्तम सेढाइले बताए । सेढाइका अनुसार नमोबुद्ध नगरस्थित मेथिनकोट अस्पताल रुघाखोकी र ज्वरो आएर उपचारका लागि आएका बिरामीमा गरिएको परीक्षणमा नयाँ भेरियन्ट पुष्टि भएको छ ।

‘नयाँ भेरियन्ट परीक्षण गराउन खर्चिलो भएकाले थप बिरामीलाई कोभिड नेगेटिभ र पोजेटिभ मात्रै परीक्षण गर्न थालेका छौं,’ सेढाइले भने । उनका अनुसार थप पुष्टि भएका सबैको लक्षण एउटै भएकाले नयाँ भेरियन्टकै संक्रमित हुन् । 

काभ्रेपलाञ्चोकमा हालसम्म १८ हजार १७४ जनालाई कोभिड–१९ संक्रमण भएको थियो । यसमध्ये जिल्लाका १९६ जनाको मृत्यु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्