२५ असार २०८३, बिहीबार

खराब लयबाट गुज्रिरहेको सेभिल्लाको फेरि बराबरी, दोहोरो रातो कार्ड

खराब लयबाट गुज्रिरहेको सेभिल्लाको फेरि बराबरी, दोहोरो रातो कार्ड

स्पेनिस ला लिगामा अघिल्ला सिजनहरूमा चौथो स्थानमा त कहिले तेस्रोमा रहँदै च्याम्पिन्स लिग खेल्ने टोली सेभिल्ला यसपटक भने नाजुक अवस्थामा छ। 

गएराति भएको खेलमा पनि सेभिल्लाले बराबरी मात्र गर्न सक्यो। सेल्टा भिगोसँग आफ्नै मैदानमा सेभिल्ला २-२ को बराबरीमा रोकिएको हो। उक्त खेलमा सेभिल्लाका २ खेलाडीले रातोकार्ड पाएर मैदान छाड्नुपर्‍यो। 

१९ औं मिनेटमा पेपे गुइएले रातो कार्ड पाएर मैदान छाडे पनि सेभिल्लाले ४३ औं मिनेटमा मोरोक्कोका खेलाडी युसुफ एन नियस्रीको सुन्दर गोलबाट अग्रता बनाएको थियो। ८१ औं मिनेटमा मार्कस अकुनाले अग्रता दोब्बर बनाएका थिए। 

मिगुल रोड्रिग्वेजले ८९ औं मिनेटमा सेल्टा भिगोका लागि गोल गरेपछि सेभिल्ला २-१ को अवस्थामा जीतनजिक पुगेको थियो। खेलको ९३ औं मिनेटमा सेल्टाले अर्को गोल थपेपछि सेभिल्ला बराबरीमा रोकियो। 

सेभिल्लाका अकुनाले अतिरिक्त समयको पाँचौँ मिनेटमा रातो कार्ड खाएपछि टोली ९ खेलाडीमै समेटिएको थियो। 

बराबरीपछि १३ औं स्थानमा रहेको छ। उसले खेलेका २८ खेलमा २० वटा जीत निकाल्न सकेको छैन। जसमा १२ वटा पराजय भोग्नुपरेको छ भने ८ वटामा निराशाजनक बराबरी गरेको छ। सेभिल्लासँग जम्मा ३२ अंक छ। 

salt training

कमेन्ट गर्नुहोस्