१४ असार २०८३, आइतबार

अवधि सकिँदा पनि मैलुङ-स्याफ्रुबेँसी सडकमा पर्खालगाउने बाहेक भएन प्रगति

अवधि सकिँदा पनि मैलुङ-स्याफ्रुबेँसी सडकमा पर्खालगाउने बाहेक भएन प्रगति

निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिँदा मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडकमा छेउमा पर्खाल लगाउनेबाहेक अरू काम हुन सकेको छैन । 

लामो समयसम्म निर्माण व्यवसायी सम्पर्कमा नहुँदा सो सडक निर्माण ठप्प रहेको थियो । झण्डै एक वर्षपछि अहिले काम शुरू भएको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाले जनाएको छ ।

यो सडक खण्डमा २५ प्रतिशत प्रगति मात्रै रहेको योजनाका प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, 'निर्माण व्यवसायीले काम नगरेर निर्माण सुस्त भएको हो । 

सरकारी वन क्षेत्रमा पर्ने भएकाले यो सडकखण्डमा जग्गा मुआब्जाको समस्या कम रहेको योजनाले जनाएको छ ।

निर्माण व्यवसायी लामो समय सम्पर्कविहीन रहेकामा अहिले सम्पर्कमा ल्याएर काम गराउन लागिएको प्रमुख श्रेष्ठले बताए। 

उनले भने, 'बैंकबाट ताकेता गरेर सम्पर्कमा ल्याइएको छ, व्यवसायीले हामीलाई नयाँ व्यवस्थापनसहित काम गर्छु भनेको छ ।' 

ठेक्काको अवधि गत माघ २४ मा सकिएको थियो । अवधि थपका लागि निर्माण व्यवसायीले निवेदन दिएको उनले बताए। कामको प्रगति हेरेर निर्माणको काम अघि बढाए मात्रै थप हुने उनको भनाइ छ ।

उनका अनुसार काम चितबुझ्दो भएन, कामको गति बढाएन र जनशक्ति बढाएन भने थप नहुन पनि सक्छ । 

एक महिनादेखि अहिले जनशक्ति र उपकरण थप्न थालेको उनले जानकारी दिए। अहिले ३ मेसिन र १ सय जना जनशक्ति रहेकामा योजनाले निर्माण कम्पनीलाई थप गर्न भनेको उनले बताए। उनले भने, 'गति बढाउँदा अवधि थप्ने नभए जरिवाना लगाउनुपर्ने हुन्छ ।'

सडकको तल्लोपट्टि खोला रहेकामा त्यसमा पर्खाल लगाउने काम भइरहेको छ । त्यो सकिएपछि नाली बनाएर ग्राभेल गरेर कालोपत्र गरिने उनले बताए। यो सडक सरकारको बजेटबाट निर्माण भइरहेको छ ।

भारतीय कम्पनी भारत कन्स्ट्रक्सन र नेपाली कम्पनी सिद्धि शाही कन्स्ट्रक्सनलाई निर्माणको जिम्मेवारी दिइएको छ ।

मैलुङदेखि स्याफ्रुबेंसीसम्मको सडकको लम्बाई १९ किमी छ ।

salt training

कमेन्ट गर्नुहोस्