०७ असार २०८३, आइतबार

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
प्रतिकात्मक तस्वीर

दार्चुलाको महाकाली नगरपालिका–४ बांगाबगर बस्ने ५० वर्षीय गणेशसिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । 

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले नगद ४३ हजार ५६८ रुपैयाँ र १० थान तासका गड्डीसहित फेला पारी पक्राउ गरेको हो ।  

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्