०१ साउन २०८३, शुक्रबार

गठबन्धन टुटेपछि प्रचण्ड–ओलीबीच पहिलो जम्काभेट

गठबन्धन टुटेपछि प्रचण्ड–ओलीबीच पहिलो जम्काभेट

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सत्ता गठबन्धन टुटेपछि शनिवार पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच जम्काभेट भएको छ ।

सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड र ओलीबीच भेट भएको हो ।

नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउँदा गठबन्धन टुटेको थियो । फागुन २६ गते प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिने दिन ओली बधाई समेत नदिई बाहिरिएका थिए ।

सभामुखको कार्यकक्षमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक कसरी अगाडि बढाउने भन्ने विषयमा ठूला राजनीतिक दलका नेताहरूको छलफल चलिरहेको छ । 

null
 

salt training

कमेन्ट गर्नुहोस्