काठमाडौँ, १५ भदौ- प्रहरीलाई नै नक्कली सुन बिक्री गर्न खोज्दा एक युवक पक्राउ परेका छन् । रामेछापका मोहनकुमार तामाङलाई महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरीले पक्राउ गरेको हो ।

महाशाखाका प्रहरी सुन्न किन्न ग्राहक बनेर गएका थिए । तामाङले सुनजस्तो पहेँलो धातु देखाउँदै एक किलो सुन रहेको र सस्तोमा बिक्री गर्ने भन्दै लोभ्याएका थिए । उनी नक्कली सुन देखाएर ठगी गर्ने व्यक्ति भएको सूचना पाएपछि प्रहरीले ग्राहक बनेर गई मंगलबार बाँसबारी गंगालाल अस्पतालअगाडिबाट उनलाई पक्राउ गरेको हो, नयाँ पत्रिकाले खबर छापेको छ ।