०५ साउन २०८३, मंगलबार
सत्ता-प्रतिपक्षसँग सभामुखको छलफल

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सिधै पास गर्न एमाले असहमत, समितिमा लैजानुपर्ने अडान

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सिधै पास गर्न एमाले असहमत, समितिमा लैजानुपर्ने अडान

संक्रमणकालीन न्याय निरुपण (टीआरसी) सम्बन्धी विधेयकलाई ‘फास्ट ट्रयाक’बाट सिधै पारित गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले असहमत भएको छ ।

सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका नेताहरूको छलफलमा सहभागी एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा पुगेको विधेयकमा कुनै न कुनै समितिमा छलफल हुनुपर्ने अडान लिएका छन् ।

संक्रमणकालीन न्याय निरुपण छिटो टुंग्याउनुपर्ने भएकाले विधेयकलाई सिधै पारित गर्नुपर्ने प्रस्ताव सत्तापक्षले राखेको थियो । सत्तापक्षबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैठकमा सहभागी थिए ।

बैठकपछि प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले विधेयकलाई सिधै पारित गर्न नसकिने बताएका छन् ।

सत्तारुढ गठबन्धनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरू संसदबाट फास्ट-ट्रयाकमा पारित गर्न प्रस्ताव गरेपनि प्रतिपक्षले अस्वीकार गर्दै आएको छ । 

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विधेयकहरू फास्ट ट्रयाकमा पारित गर्नुपर्ने प्रस्ताव गरेपछि सभामुख घिमिरेले दलका शीर्ष नेतासँग छलफल गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्