२४ असार २०८३, बुधबार

नागरिक उन्मुक्ति पार्टीका नेता सुरेन्द्र चौधरीलाई पार्टीबाट कारबाही

नागरिक उन्मुक्ति पार्टीका नेता सुरेन्द्र चौधरीलाई पार्टीबाट कारबाही

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी हितविपरीत काम गरेको भन्दै आफ्ना पार्टीका नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको जनाएको छ ।

पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले पार्टी हितविपरीत काम गरेकाले नेता सुरेन्द्र चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको जानकारी दिए ।

नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी संघीय चुनावमा दाङ १ बाट उम्मेदवार बनेका थिए । नागरिक उन्मुक्ति पार्टीबारे शुरूदेखि नै आलोचनात्मक विचार राख्दै आएका सुरेन्द्र चौधरीले फेसबूकमार्फत आफूले नागरिक उन्मुक्ति पार्टी परित्याग गरेको जानकारी दिएका बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्