२३ जेठ २०८३, शनिबार

अप्रेशन गर्दा गर्दै जब डाक्टरहरु झगडा गर्न थाले !

कात्तिक २०, २०७४
अप्रेशन गर्दा गर्दै जब डाक्टरहरु झगडा गर्न थाले !

अस्पतालमा अप्रेशन गर्ने स्थान सवैभन्दा जोखिमयुक्त क्षेत्र मानिन्छ । विरामी बाहेक त्यहाँ जाने अधिकार अरु कसैलाई पनि हुँदैन ।

तर यदी यस्तो स्थानमा डाक्टरहरु भीडेभने तपाई के भन्नुहुन्छ । यस्तै घटना सार्वजनिक भएको छ । जहाँ अप्रेशन गर्न लगिएकी सुत्केरीलाई छोडेर डाक्टरहरु झगडा गरिरहेका छन् ।

यी डाक्टरहरु तब भिडन्तमा उत्रिए त्यतिखेर एक महिला सुत्केरी गराउनका लागि भर्ती भएकी थिइन् । अप्रेशन चलिरहेको थियो तर डाक्टरहरु भीडिरहेका थिए ।

यो घटना भारत राजस्थानको जोधपुरको हो । उमेद अस्पतालमा अप्रेशन थिएटरमा भएको यस्तो घटनापछि सामाजिक सञ्जालमा हंगामा भएको छ ।

यो सवै घटना तव सार्वजनकि भयो जब भिडियो सामाजिक सञ्जालमा बाहिरियो र हंगामा भयो ।


अस्पतालले घटनालाई सत्य बतायो

भिडियोमा दुई डाक्टर कुटाकुट गरिरहेका छन् । र बाँकी उनीहरुलाई रोक्ने कोशिश गरिरहेका छन् । साथै स्ट्रेचरमा एक महिला पनि देखिएकी छिन् ।

भिडियो भाइरल भएसँगै अस्पताल विवादमा आएको छ । घटनाबारे सार्वजनिक भएसँगै अस्पताल प्रशासनले दोषी डाक्टरहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

अस्पतालको मेडिकल सुपरिटेंण्डेन्ट डा रञ्जना ले बीबीसीलाई बताएअनुसार यो घटना हिजोको हो ।

समाचारहरुका अनुसार अप्रेसनका क्रममा जुन महिलाको डेलिभरी भइरहेको थियो, पछि उनको बच्चाको निधन भएको छ ।

तर अस्पताल प्रशासनले भने यो समाचारलाई अस्विकार गरेको छ । अस्पतालले आमा र बच्चाको स्वास्थ्य अवस्थामा कुनै समस्या नभएको जनाएको छ ।

अप्रेशनका क्रममा डाक्टरहरुबीच किन मारामार भयो भन्ने बारे भने जानकारी बाहिर आएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्