०८ साउन २०८३, शुक्रबार

आईपीएलमा पञ्जाबलाई ८ विकेटले हराउँदै हैदराबादको जीत

चैत २७, २०७९
आईपीएलमा पञ्जाबलाई ८ विकेटले हराउँदै हैदराबादको जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ अन्तर्गत आइतवार राति भएको खेलमा पञ्जाब किंग्सलाई ८ विकेटले हराउँदै सनराइजर्स हैदराबादले जितेको छ ।

शुरूमै ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा १४३ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको हैदराबादले १७ बल बाँकी छँदै लक्ष्य भेट्टायो ।

हैदराबादलाई जिताउन सर्वाधिक रन राहुल त्रिपाठीले ४८ बलमा ७४ रन बनाए । कप्तान एडन मार्करमले ३७ रन बनाए ।

यो सिजनमा पञ्जाब पहिलोपटक हारेको छ भने हैदराबादले पहिलो जीत निकालेको छ । पञ्जाबले यसअघि २ खेल जितिसकेको छ । हैदराबादले ३ खेलमध्ये २ खेलमा हार र १ खेलमा जितेको छ । 

salt training

कमेन्ट गर्नुहोस्