पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुलरिया–रानी–जमरा सिँचाइ आयोजना पूरा हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
सोमवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले सिँचाइ आयोजना आफ्नो पालामा राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढेको स्मरण गरेका छन् ।
उनले लेखेका छन्, ‘मेरो पालादेखि राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाइएको कैलालीको कुलरिया–रानी–जमरा सिँचाइ आयोजना पूरा हुन नसकेकोमा चिन्ता लाग्यो । कर्णालीको पश्चिम भंगालोपट्टि बढी गिट्टीबालुवा दोहनले पानीको प्रवाह बढेर नहरलाई खतरा पैदा भएको बुझियो । सुपकै यो गेमचेन्जर आयोजनामा सरकारको ध्यान पुगोस् ।’