×

NIC ASIA

दीपकराजको कटाक्ष– दुईचार कमसल ढाका त छिरिहाल्ने रहेछन् !

चैत २७, २०७९

Prabhu Bank
NTC
Premier Steels

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँको ‘बार्गेनिङ’ गरेको भनिएको अडियो सार्वजनिक भएपछि यसले​ तरंग पैदा गरेको छ ।

Muktinath Bank

उक्त अडियोलाई लिएर सामाजिक सञ्जालमा टीकाटिप्पणी भइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त अडियो प्रकरणलाई लिएर चर्चित कलाकारहरूले कटाक्ष गरेका छन् ।


Advertisment
Nabil box
Kumari

अभिनेता दीपकराज गिरीले उक्त अडियोलाई लिएर भएको चर्चाप्रति व्यंग्य गरेका छन् । ‘जतिसुकै राम्रो कपडा पसल खोल्छु भने पनि कपडाका थानमा दुईचार कमसल ढाका त छिरिहाल्ने रहेछन्’ उनले सोमबार बिहान फेसबुकमा लेखेका छन् ।

Vianet communication

दीपकराजले आइतबार बेलुका पनि उक्त अडियो प्रकरणलाई लिएर व्यंग्य गरेका थिए ।

‘चोली राम्रो पाल्पाली ढाकाको गीत सुन्दै छु, ढाकामा समस्या हो कि पूरा गीतमा...’ उनले लेखेका छन् । 

हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले पनि उक्त अडियो प्रकरणलाई लिएर कटाक्ष गरेका छन् ।

उनले आफूले अभिनय गरेको चर्चित सिरियल ‘मेरी बास्सै’को क्यारेक्टर तस्वीर फेसबुकमा राख्दै लेखेका छन्, ‘सबैले केही न केही मागेर छाड्छन् । यो दुनियाँ आखिर माग्ने नै रहेछ ।’ उनले तोकेरै अडियो काण्डबारे उल्लेख नगरेपनि समय र सन्दर्भको हिसाबले उनको यो कटाक्ष त्यतैतर्फ भनिएको आँकलन गर्न सकिन्छ । 

सांसद डा. श्रेष्ठले २ करोड मागेको भनिएको अडियो आइतवार सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएलगत्तै रास्वपाले श्रेष्ठलाई पार्टीबाट निलम्बन गर्दै छानबिन सुरु गरेको जनाएको छ ।

अडियोबारे सांसद डा. श्रेष्ठको सचिवालयले त्यस्तो अभिव्यक्ति नदिएको र अडियो सम्पादन गरेर मानमर्दन गर्न खोजिएको जिकिर गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x