११ साउन २०८३, सोमबार
प्रतिनिधि सभा बैठक

संसदमा एमालेले माग्यो सरकारको जवाफ– अमृतपाल खोज्दै भारतीय सुरक्षाकर्मी नेपालमा छिरेका हुन् ?

संसदमा एमालेले माग्यो सरकारको जवाफ– अमृतपाल खोज्दै भारतीय सुरक्षाकर्मी नेपालमा छिरेका हुन् ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले खालिस्तानी पृथकतावादी अमृतपाल सिंहलाई खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आएकोबारे सरकारको जवाफ माग गरेको छ । नेपाल सरकारसँग अनुमति नलिइ विदेशी सुरक्षाकर्मी नेपाल आउन नपाउने कानुनी व्यबस्था कार्यान्वयन गर्न एमालेको माग गरेको छ । 

सोमबार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर एमाले स्थायी कमिटी सदस्य एवं सांसद रघुजी पन्तले अमृतपाललाई खोज्ने नाममा भारतीय सुरक्षाकर्मी नपाल आएको घटनाबारे अविलम्ब संसदलाई जानकारी गराउन माग गरेका हुन् । 

‘भारतीय संचार माध्यममा खालिस्तानी आन्दोलनकारी अमृतपाल सिंह नेपाल प्रवेश गर्यो भन्ने समाचार आएको छ । नेपालको सुरक्षा संयन्त्रले नेपालमा पत्ता लगाउन सकेको छैन । तर, वीरगञ्ज र नेपालगञ्जको जमुनिया नाका भएर भारतीय सुरक्षा संयन्त्रका कर्मचारीहरु नेपाल प्रवेश गरेका छन भन्ने समाचार आएको छ । अमृतपाल खोज्न आएको भनेर नेपालमा संचार माध्ययमा पनि कुरा आएको छ’ सांसद पन्तले भने, ‘कुनैपनि बाह्य देशको सुरक्षाकर्मीलाई नेपाल प्रवेश गरेर खोजबिनको अधिकार छैन । अरु देशबाट भागेर आएका अपराधीलाई पनि नेपालको सुरक्षा संयन्त्रले पक्रेको छ । हाम्रो सुरक्षा संयन्त्रमाथि अविश्वास हुनेगरी भारतीय सुरक्षाकर्मी यहाँ आएर खोज्नु, नेपालको कानूनले गर्दैन भने बाह्य सुरक्षाकर्मी नेपाल पस्नु उपयुक्त होइन । यसबारे नेपाल सरकारले नेपाली जनता र यो संसदलाई अविलम्ब जानकारी गराउनु पर्छ ।’ 

अमृतपाल सिंह नेपालमा रहेको भन्दै नेपालस्थित भारतीय दूतावासले समेत नेपाली सुरक्षाकर्मीलाई उनको खोजी गर्न आग्रह गरेको समाचार आएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्