२० असार २०८३, शनिबार

‘प्रसाद २’ रिलिजका लागि बाटो खुल्यो, यस्तो छ अदालतको आदेश

‘प्रसाद २’ रिलिजका लागि बाटो खुल्यो, यस्तो छ अदालतको आदेश

उच्च अदालत पाटनले नेपाली चलचित्र ‘प्रसाद २’को रिलिज रोक्न केशव पाण्डेले गरेको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

योसँगै उक्त चलचित्र रिलिजका लागि बाटो खुलेको छ । 

न्यायाधीश राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले केशव पाण्डेले निर्माता सुवास थापासँग भएको करार कार्यान्वयनका लागि छुट्टै कानुनी बाटो अपनाउन सक्ने देखिएको तथा निर्माण सम्पन्न भइसकेको चलचित्रको प्रदर्शन रोक्नु उपयुक्त नदेखिएको निष्कर्ष निकालेको हो । 

उच्च अदालतको आदेशमा भनिएको छ ‘यसमा प्रसाद २ निर्माण गर्ने इजाजत निवेदकले प्राप्त गरेको नभइ शुलभ थापा प्रोडक्सन प्रा.ली. समेतले प्राप्त गरेको देखिएको, निवेदक र शुलभ थापा प्रोडक्सन प्रा.ली.बीच भएको मिति २०७९/३/२७ को करारको सम्बन्धमा छुट्टै कानुनी उपचारको मार्ग अपनाउन सक्ने नै देखिएको तथा निर्माण भइसकेको चलचित्रको प्रदर्शन रोक्नु सुविधा सन्तुलनको दृष्टिले पनि उपयुक्त नदेखिएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गरिरहनुपर्ने अवस्था देखिएन ।’

यसअघि ‘प्रसाद २’ चैत २४ मा प्रदर्शन हुने तय भएको थियो । तर केशव पाण्डेले दायर गरेको रिटमा उच्च अदालतले चलचित्र प्रदर्शन तत्कालका लागि रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेका कारण प्रदर्शन रोकिएको थियो ।

सुदर्शन थापाको निर्देशनमा तयार ‘प्रसाद २’मा विपिन कार्की र केकी अधिकारी शीर्ष भूमिकामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्