२८ जेठ २०८३, बिहीबार

तपाईंले नुहाउने पानी कस्तो छ ? छाला सम्बन्धि रोग लाग्ला !

कात्तिक २०, २०७४
तपाईंले नुहाउने पानी कस्तो छ ? छाला सम्बन्धि रोग लाग्ला !
काठमाडौं १५ भदौ– हाम्रो शरीर सफा र स्वस्थ्य हुनको लागि खानपान मात्र हैन सरसफाइमा पनि विषेश ध्यन दिनुपर्छ । तपाइले नुहाउदा प्रयोग गर्ने पानी कस्तो छ ? फोहोर पानीने नुहाउदा छालाको रोग लाग्न सक्छ ।

राजधानीमा भूमिगत रुपमा निकालिने पानीको प्रयोग त्यति राम्रो मानिदैन । त्यसलाई राम्रोसँग प्रशोधन गरेर मात्र प्रयोग गर्न चिकित्सकहरुको सुझाव दिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेर बहादुर पुनका अनुसार नुहाउने पानी सफा भएन भने छाला सम्बन्धि विभिन्न समस्या देखिन सक्छ ।

डा. पुनले लोकान्तरसँग भने,‘नुहाउने पानी सफा भएन भने छाला चिलाउने, लुतो आउने, छाला फुस्रो हुने जस्ता समस्या आउँछन् ।’

फोहोर पानीले नुहाउदा छालामा यस्ता समस्या देखिन्छ

  • शरीरको छाला चिलाउछ ।
  • ड्ड लुतो तथा घाउ खटिरा आउछ ।
  • छालामा विविरा आउछ ।
  • छाला फुस्रो हुने समस्या हुन्छ ।


छाला सम्बन्धि रोगहरुबाट बच्न यसरी नुहाउनु पर्छ ।

  • छालामा रोगको संक्रमण हुन नदिन सरसफाइमा विशेष ध्यान दिनपर्छ ।
  • फोहोर पानीमा नुहाउनु हुदैन ।
  • नुहाउने पानी सफा हुन जरुरी छ ।
  • नुहाउदा सबुन प्रयोग गरेपछि शरीरको फोहोर जाने गरी राम्रो संग सफा पानीले धुनुपर्छ ।
  • आकाशबाट परेको पानीमा झिज्दा पनि छाला चिलाउने समस्या देखिन्छ । त्यसैले आकाशको पानीमा झिज्नु हुदैन ।
  • गर्मीमा शरीरमा धेरै पसिना आउछ भने दैनिक सफा पानीले नुहाउनु पर्छ । सकेसम्म शरीर ओभानो बनाउनु पर्छ ।

salt training

कमेन्ट गर्नुहोस्