२० असार २०८३, शनिबार

बाढी प्रभावित क्षेत्रमा रोगको महामारी छैन : महाशाखा

कात्तिक २०, २०७४
बाढी प्रभावित क्षेत्रमा रोगको महामारी छैन : महाशाखा
काठमाडाैं, १५ भदौ– तराई क्षेत्रमा बाढीपछि सरुवा रोगको महामारी फैलन सक्ने चेतावनी दिइएको भएपनि सरुवा रोगको महामारी नरहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

बाढी प्रभावित जिल्लाहरुमा सामान्य रुघाखोकीको संक्रमण देखिएपनि यो मौसमी रोग मात्र रहेको महाशाखाका उप–स्वास्थ्य प्रमुख एवं विपद् व्यवस्थापन शाखा प्रमुख डा.भेषराज पोख्रेलले बताए ।

‘हामी बाढी प्रभावित क्षेत्रका जिल्ला जनस्वाथ्य कार्यलयहरुसँग निरनतर सम्पर्कमा रहेका छौं ।बाढीपछि कुनै पनि जिल्लाहरुमा कुनै रोगले माहामारीको रुप नलिएको जिल्ला जनस्वाथ्य अधिकृतहरुले जानकारी दिएका छन् ।’ डा. पोखरेलले भने,‘कुनै क्षेत्रमा मौसमी रुघाखोकी देखिएको छ । त्यो सामान्य हो ।’

बाढी प्रभावित क्षेत्रमा सरुवा रोगको संक्रमण फैलन नदिन जिल्ला स्थित दु्रत उद्धार टोलीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको र प्रभावित क्षेत्रमा औषधी अभाव हुन नदिन आवश्यक औषधिहरु पठाइएको समेत उनले जानकारी दिए ।

यस्तै सो क्षेत्रमा रहेका बालबालिकामा कुपोषण हुन नदिन पोषण समुहले पौष्टिक तत्वहरु वितरण गरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्