०२ असार २०८३, मंगलबार

बालविवाह रोकथाम गर्न वडाको सिफारिस अनिवार्य

बालविवाह रोकथाम गर्न वडाको सिफारिस अनिवार्य

जुम्लाको पातारासी गाउँपालिकाले बालविवाह रोकथाम गर्न विवाहका लागि वडाको सिफारिस अनिवार्य गरेको छ ।

उक्त पालिका- ५ मा पर्ने दुर्गम ४ वटा गाउँलाई बालविवाहमुक्त गाउँ घोषणा गरिएको छ ।

दिगो विकासको लक्ष्यअनुरूप पातारासीका गाउँलाई बालविवाहमुक्त घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए। ​

यहाँका ८ वटा स्थानीय तहका ६० वडामध्ये पातारासी गाउँपालिका–५ वडालाई  बालविवाहमुक्त घोषणा गरिएको छ ।

अध्यक्ष बोहोराले भने, 'विवाह उमेर समूहका २० वर्षमुनिका कुनै पनि बालबालिकाले विवाह नगरेको सर्वेक्षणबाट देखिएपछि बालविवाहमुक्त गाउँ घोषणा गरिएको हो ।'

अब अरू वडालाई छिट्टै बालविवाहमुक्त गरिने भएको छ । स्थानीय सरकारको प्राथमिकतामा परेको सामाजिक विकृति रोकथाम गर्न यो महत्वपूर्ण काम भएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन्।

बालविवाहमुक्त घोषणाका लागि ३ वर्षदेखि बाल क्लब, वडा सरकार, समूह परिचालन तथा यससम्बन्धी परियोजना लागू गरेर अन्ततः बालविवाह शून्यमा झार्न सफल भएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले जानकारी दिइन्। 

salt training

कमेन्ट गर्नुहोस्