आज (मंगलबार) एक जना कोरोना भाइरस संक्रमितको आज मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आज २ हजार ४ सय ३६ जनामा गरिएको परीक्षणमा १ सय ६ जनामा संक्रमण देखिएको छ ।
यस्तै आज ४८ जना उपचारपछि घर फर्किएका छन् ।
मन्त्रालयले अझै केही दिनसम्म संक्रमण बढ्ने देखिएको जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या ४ सय ६९ पुगेको छ ।
काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आईसीयू) मा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखापरेको छ ।