
काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले बालुवाटार, सिंहदरवार र शीतल निवासको फोहर नउठाउने चेतावनी दिएपछि यसबारे आज बसेको मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ।
बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले फोहोर उठाउनुपर्ने दायित्व स्थानीय तहको भएको भन्दै काठमाडौं महानगरपालिकाले यो गम्भीरतापूर्वक पालना गर्नुपर्ने बताइन्।
बैठकपछि मन्त्रिपरिषद्को निर्णय सुनाउँदै शर्माले भनिन्, 'महानगरपालिकाले फोहोर उठाउनुपर्ने हुन्छ। त्यो भएको छैन। त्यो नीति काठमाडौँ महानरपालिकाले गम्भीर रूपले पालना गर्नुपर्छ।'
मेयर शाहको अभिव्यक्ति अराजकतिर गएको पनि उनले बताइन्। नीतिगत व्यवस्थाअनुसार फोहोर उठ्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै आजको बैठकले आयातीत तथा उत्पादित सम्पूर्ण खाद्य तथा जीवनाशक औषधि/विषादीमा सीमा निर्धारण गर्ने निर्णय पनि गरेको छ।