३१ असार २०८३, बुधबार

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

असार ३०, २०८३
बाँके
जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद
फाइल फोटो

बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म जमुनाहबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह क्षेत्रमा नियमित जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो ।

बरामद गरिएको भारतीय मुद्रा पाँच लाख आज भन्सार कार्यालय बाँकेमा बुझाउन लागिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल गुल्म जमुनाहले जनाएको छ ।

उनका अनुसार रिक्सामा सामान राखेर भारतबाट नेपाल ल्याउने क्रममा सामानभित्र सो रकम फेला परेको तर कसको भनेर खुल्न नसकेको प्रहरी नायब उपरीक्षक तीर्थ न्यौपानेले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नम्बर ५ विन्ध्यवासिनी बाहिनीमा डीआईजी दीपक अधिकारीले कमान्ड सम्हालेयता सीमा क्षेत्रमा हुने अवैध गतिविधिविरुद्ध सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सीमा अपराध नियन्त्रण, अवैध तस्करी तथा गैरकानुनी कारोबार रोकथामका लागि सशस्त्र प्रहरी अझ आक्रामक रूपमा परिचालन भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

हाल जमुनाह नाकालगायत बाँकेका विभिन्न सीमावर्ती क्षेत्रमा चेक जाँचलाई तीव्रता दिइएको छ भने अवैध कारोबारमा संलग्न व्यक्तिमाथि निगरानी बढाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्