१९ असार २०८३, शुक्रबार

शिवशक्तिका अग्रवाल ठूला करदाताको रूपमा सम्मानित

शिवशक्तिका अग्रवाल ठूला करदाताको रूपमा सम्मानित

शिवशक्ति घिउ उद्योग प्रालिका कार्यकारी निर्देशक सन्दीपकुमार अग्रवाल ठूला करदातामध्ये एकका रूपमा सम्मानित भएका छन्।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभाका अवसरमा उनी निर्यात कारोबारमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सम्मानित भएका हुन्। 

मंगलबार काठमाडौंमा आयोजित महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन सत्रमा शिवशक्ति घिउ उद्योग प्रालिलाई निर्याततर्फको सबैभन्दा ठूलो करदाताको रूपमा सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकारी निर्देशक अग्रवाललाई उक्त सम्मान हस्तान्तरण गरेका थिए। 

शिवशक्ति घिउ उद्योग प्रशोधित तेल उत्पादन र निर्यातमा संलग्न छ ।

अग्रवाल बुधबार हुने महासंघको निर्वाचनमा कार्यकारिणी सदस्य उम्मेदवार पनि छन्। 

salt training

कमेन्ट गर्नुहोस्