०१ साउन २०८३, शुक्रबार

जीप दुर्घटना अपडेटः ज्यान गुमाउनेहरू एकै गाउँका ६ जना

जीप दुर्घटना अपडेटः ज्यान गुमाउनेहरू एकै गाउँका ६ जना

बैतडी जीप दुर्घटनामा ज्यान गुमाउनेहरू एकै गाउँका भएको खुलेको छ ।

गएराति जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत  बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा जीप दुर्घटना भएको थियो। जहाँ घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो। उनीहरू सबै बझाङ केदारस्युँ गाउँपालिका-५ बाँझका स्थायी बासिन्दा भएका प्रहरीले जानकारी दिएको छ। 

मृत्यु हुनेमा ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामी छन् ।

झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप मंगलबार राति ११ बजे दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । 

जीपमा सवार अन्य ५ जनाले भने हामफालेर ज्यान जोगाएका छन् ।

१२ जना सवार जीप सडकबाट ५ सय मिटर तल खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्