०४ साउन २०८३, सोमबार

‘कैदीको पत्र’, ‘प्रसाद २’सँगै ‘नाइँ नभन्नू ल ६’ एउटै मितिमा !

‘कैदीको पत्र’, ‘प्रसाद २’सँगै ‘नाइँ नभन्नू ल ६’ एउटै मितिमा !
‘नाइँ नभन्नू ल ६’को दृश्यमा अभिनेत्री आँचल शर्मा र डेब्यू अभिनेता आशीर्वाद क्षेत्री

वैशाख १ मा अब तीनवटा नेपाली फिल्म प्रदर्शनमा आउनेछन् ।

‘नाइँ नभन्नू ल ६’ पछि हटेसँगै आउँदो शुक्रवारदेखि ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ प्रदर्शनको तयारीमा छन् । 

नेपाली बक्स अफिसमा धेरैपछि त्रिपक्षीय प्रतिस्पर्धा हुन लागेको हो । 

यसपछि भने वैशाख १५ मा पनि एकसाथ तीनवटा नेपाली फिल्म प्रदर्शनमा आउने देखिएको छ । 

सनमकुमार बैराग निर्देशित फिल्म ‘कैदीको पत्र’ले वैशाख १५ लाई प्रदर्शन मिति घोषणा गरिसकेको छ । 

सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’ले पनि वैशाख १५ लाई प्रदर्शन मिति घोषणा गरेको छ । 

त्यस्तै, उक्त मितिमा ‘नाइँ नभन्नू ल ६’ पनि प्रदर्शनमा आउने देखिएको छ । 

निर्देशन विकासराज आचार्यले फिल्मलाई अब वैशाख १५ मा प्रदर्शनमा ल्याउने सोच बनाएको बताए ।

यो फिल्मले उक्त मिति घोषणा गरे एकैदिन तीनवटा फिल्म प्रदर्शनमा आउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्