२३ जेठ २०८३, शनिबार

केही दिनदेखि तपाईंको कम्प्युटरमा जिमेल र यूट्युब ढिलो खुल्छ ? कारण जान्नुहोस्

कात्तिक २०, २०७४
केही दिनदेखि तपाईंको कम्प्युटरमा जिमेल र यूट्युब ढिलो खुल्छ ? कारण जान्नुहोस्

विगत केही हप्ता देखि नेपालमा गुगलको यूट्युब, जिमेल लगायतका एप्लिकेसन्सहरु ढिलो खुल्ने गरेको बारेमा धेरैको संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरु आइरहेका छन् ।

यसरी गुगलका एप्लिकेसनहरु ढिला इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले घटना प्रति गम्भीर ध्यानकार्षण भएको बताउँदै स्पष्टिकरण दिएको छ । संघका अनुसार गुगलले विगत ४ बर्ष देखि आफ्नो एप्लिकेसन्स जस्तै जिमेल र यूट्युब को क्षमता सुधारका लागि नेपालको स्थानीय इनटरनेट सेवा प्रदायक कम्पनीहरुमा आफ्ना सरभर राखी रहेको थियो ।

तर हाल गुगल ले गरेको निर्णय अनुसार नेपालको आईएसपि कम्पनीहरुसँग अलग भएर गुगलले नेपालमा आफ्नै नयाँ सरभर राख्ने तयारी गरेको छ । गुगलको यस निर्णयको कारणले यहाँका कम्पनीहरुमा राखिरहेको सरभरलाई विगत केही महिना देखि गुगल ले स्तरोन्नोति गरेको छैन ।

यहि कारणले बढी प्रयोग हुने समयमा सरभरहरुको क्षमता अपुग भइरहेको संघको भनाई छ । ‘इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले गुगल लाई बारम्बार गरेको अनुरोधका बाबजुद पनि स्तरोन्नोति हुन सकेको छैन भने अर्काे तर्फ गुगलले आफनो सरभर राख्न पनि ढिलाई गरी रहेका छन्,’ संघले जनाएको छ ।

संघका अनुसार गुगलले आफनो सरभर स्तरोन्नोति नगरेसम्म नेपालका इन्टरनेट प्रयोगकर्ताहरुले गुगल का एप्लिकेसन्स जिमेल, यूट्युब आदि ढिलो खुल्ने अवस्थाको सामना गर्न बाध्य हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्