२७ जेठ २०८३, बुधबार

‘जारी’को बूकिङ ‘फिलिङ फास्ट’मा, केही शो ‘सोल्ड आउट’ पनि

‘जारी’को बूकिङ ‘फिलिङ फास्ट’मा, केही शो ‘सोल्ड आउट’ पनि

नयाँ वर्षको अवसर पारेर आउँदो शुक्रवारदेखि तीनवटा नेपाली फिल्म प्रदर्शनमा आउँदैछन् ।

तीनवटै फिल्मको अग्रिम टिकट बूकिङ खुलिसकेको छ । जसमध्ये मल्टिप्लेक्स हलमा ‘जारी’ले सर्वाधिक शो पाएको छ । फिल्मले प्रदर्शनको पहिलो दिन देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा ६९ शो पाएको छ । ​

बुधवार दिउँसो हेर्दा फिल्मले उक्त संख्यामा शो पाएको देखिन्छ ।

फिल्मका धेरै शोको टिकट ‘फिलिङ फास्ट’मा जाँदै छ ।

केही शोको टिकट ‘सोल्ड आउट’ समेत भइसकेको छ ।

अग्रिम बुकिङ हेर्दा फिल्मले आक्रामक ओपनिङ गर्ने आँकलन गरिएको छ ।

उपेन्द्र सुब्बाको निर्देशन रहेको यो फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर शीर्ष भूमिकामा छन् ।

‘जारी’सँगै प्रदर्शन हुने ‘बिहे पास’ले क्यूएफएक्समा ३४ शो पाउँदा ‘बुलाकी’ले १३ शो पाएको छ ।

‘बिहे पास’मा दयाहाङ राई र प्रकृति श्रेष्ठ शीर्ष भूमिकामा छन् भने ‘बुलाकी’मा सुरक्षा पन्त र नरेन खड्काले मुख्य भूमिका निर्वाह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्