२० असार २०८३, शनिबार

एमाले प्रमुख सचेतकको आशंका- स्मार्ट टेलिकममा ठूलै आर्थिक चलखेल भएको छ

एमाले प्रमुख सचेतकको आशंका- स्मार्ट टेलिकममा ठूलै आर्थिक चलखेल भएको छ

नेकपा (एमाले)ले सरकारले अर्बौंको बक्यौता रकमसमेत नलिई स्मार्ट टेलिकम प्रालिको नवीकरण गर्न लागेको आरोप लगाएका छन्।  

बुधबार प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले नवीकरण गर्दा लाग्ने करीब २३ अर्ब रुपैँयासमेत नलिई सो प्रालिको नवीकरण गर्न १/२ दिनभित्रै मन्त्रिपरिषदले निर्णय गर्न लागेको आशंका व्यक्त गरे।

निवर्तमान स्वास्थ्यमन्त्रीसमेत रहेका उनले सो काममा ठूलै आर्थिक चलखेल भएको हुन सक्ने जिकिर गर्दै त्यसो नगर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

प्रमुख सचेतक गिरीका अनुसार सो प्रालिले सरकारलाई विभिन्न शीर्षकअन्तरगत करिब ५ अर्ब दस्तुर तिर्न बाँकी छ । नवीकरण शुल्क २३ अर्ब गरेर उसले २८ अर्ब सरकारलाई बुझाउनु पर्नेहुन्छ । तर त्यो दुवै रकम मिनाहा गरी सो प्रालिलाई नवीकरण गराउन मन्त्रिपरिषद्ले निर्णय गर्ने कुरा सञ्चारमाध्यममा आएकाले आफूले सरकारको ध्यानाकर्षण गराउनुपरेको पनि प्रमुख सचेतक गिरीको भनाइ थियो ।

प्रमुख सचेतक गिरीले मन्त्री र मन्त्री क्वार्टर धाउने र ठूलै आर्थिक चलखेल गरेर सो प्रालिको नवीकरण गर्ने निर्णय गर्न लागेर सरकारले मुलुकको करिब २८ अर्ब बजेट डुबाउन नपाउने बताए। 

salt training

कमेन्ट गर्नुहोस्