२७ जेठ २०८३, बुधबार

क्रान्तिकारीको नेतृत्वका लागि मतगणना जारी, कसको अग्रता ?

कात्तिक २०, २०७४
क्रान्तिकारीको नेतृत्वका लागि मतगणना जारी, कसको अग्रता ?

काठमाडौँ, १५ भदौ - नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) नयाँ नेतृत्वको लागि मतगणना जारी रहेको छ ।ganana

अपराह्न १ बजेदेखि शुरु भएको मतगणना अहिले पनि जारी रहेको अध्यक्ष नरेन्द्र न्यौपाने जानकारी दिए । बुधबार राति मतदान सम्पन्न भएको थियो ।

उनका अनुसार अहिलेसम्म अध्यक्षका उम्मेदवार रन्जित तामाङ अगाडि रहेका छन् ।

१२० मतगणना गर्दा अध्यक्षका प्रत्यासी अनिल शर्माभन्दा तामाङ २० मतले अगाडि रहेको उनले बताए । छात्रा उपमहासचिवमा आशा तमु निर्विरोध निर्वाचित भएकी छन् ।

अहिले प्रदेश नं १, २, ७ र ४ को मतगणना भइरहेको छ । भने प्रदेश नं ६ को सदस्यको पनि मतगणना भइरहेको छ ।

नयाँ नेतृत्वको लागि ३३ पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय समिति चयन गर्नका लागि यही भदौ ७ गतेबाट काठमाडौँमा अधिवेशन भएको थियो । सहमतिबाट नेतृत्व चयन नभएपछि क्रान्तिकारीमा पहिलो पटक निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन हुदैछ ।

दुई हजार १५ मतदातामध्ये करिब एक हजार ७०० ले मतदान गरेका थिए । अध्यक्ष न्यौपानेका अनुसार शुक्रबार साँझसम्म मतगणना सकिने छ । रासस

salt training

कमेन्ट गर्नुहोस्