०२ असार २०८३, मंगलबार

नेविसंघका ४१ केन्द्रीय सदस्यले किन गरे बैठक बहिष्कार ?

कात्तिक २०, २०७४
नेविसंघका ४१ केन्द्रीय सदस्यले किन गरे बैठक बहिष्कार ?


काठमाडौँ, १५ भदौ - नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना माग पूरा नभएको भन्दै ४१ केन्द्रीय सदस्यले आज बैठक बहिष्कार गरेका छन् ।ne-bi-sangh

अपराह्न ४ बजे वाल्मिीकि क्याम्पसको सभाकक्षमा शुरु भएको बैठकमा केन्द्रीय सदस्यले ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नियमविपरीत अन्य क्याम्पसलाई सम्बन्ध दिएको’ भनी विरोध गरेका केन्द्रीय सदस्य अनिलबहादुर शाहीलाई गरिएको निलम्बन फिर्ता गराउन नेविसंघको नेतृत्वले पहल नगरेको आरोप लगाएका छन् ।

बैठक बहिष्कार गरेका केन्द्रीय सदस्यमध्ये तेजबहादुर बानियाँले नेविसंघका ११ विवादित जिल्लामा कार्यसमितिको विनाबैठक विधान र नियमावली अन्तिम रुप नदिई प्रतिनिधि चयन गरेको र केन्द्रीय पदाधिकारीको दुई बैठकको निर्णय कार्यान्वयन नगरिएको जनाउँदै बैठक बहिष्कार गरिएको जानकारी दिए ।

उनले क्याम्पसले निलम्बन गरेका शाहीको निलम्बन फिर्ता र अन्य माग पूरा गर्न अधिकारी पहल नगर्दासम्म कुनै पनि बैठकमा सहभागी नहुँदा चेतावनी दिए। रासस

salt training

कमेन्ट गर्नुहोस्