×

NIC ASIA

गोरखा–जितगढी पदयात्रामा सेनाको टोली पाल्पा पुग्यो

बैशाख ३, २०८०

Prabhu Bank
NTC
Premier Steels

गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली पाल्पा आइपुगेको छ ।

Muktinath Bank

गोरखाबाट गत चैत २९ गते  निस्केको टोली तनहुँ, स्याङ्जा हुँदै शनिवार पाल्पाको रामपुर आइपुगेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन नेपाली फौजले अंग्रेज फौजलाई परास्त गरेको बुटवलको जितगढी किल्लासम्म पुग्ने उद्देश्यले टोली गोरखाबाट पाल्पा हुँदै बुटवलको जितगढी हिँडेको हो । रामपुर नगरपालिकाको आयोजनामा टोलीलाई भव्य स्वागत गरिएको छ ।


Advertisment
Nabil box
Kumari

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, रामपुर नगरका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, विभिन्न वडाध्यक्ष, स्थानीय महिला समूह, नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीद्वारा स्वागत तथा सम्मान गरिएको छ । तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटो हुँदै टोली पैदल बुटवल पुग्ने योजना सेनाको छ ।
 
एकीकरण मार्ग, ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरण अभियानको संरक्षण भावी पुस्तामा हस्तान्तरण गर्ने, राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने उद्देश्यले सरोकारवाला, स्थानीय निकायको सहभागितामा ऐतिहासिक महत्त्व बोकेका किल्ला, गढी, युद्धस्थल, पदमार्ग लगायत धरोधरको संरक्षण प्रवद्र्धन गर्नका लागि प्रथमपटक यस ऐतिहासिक गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा जितगढी (रुपन्देही) पदयात्रा कार्यक्रम तय गरिएको दि फेमस महेन्द्र दल गणका गणपति बालमुकुन्द विष्टले बताए ।

Vianet communication

नेपाल एकीकरण अभियानको उद्गस्थल गोरखा दरबारबाट काठमाडौंतर्फ पदयात्रा विगत ५ वर्षदेखि सञ्चालन भई पुस २७ गते मनाइन्छ । यसै सन्दर्भमा अर्को ऐतिहासिक कार्यको थालनीको रूपमा २०७९ चैत २९ गते गोरखाबाट शुरू भएको प्रथम ऐतिहासिक गोरखा जितगढी एकीकरण पदयात्राका कार्यक्रमअन्तर्गत टोली पाल्पा रामपुर आइपुगेको हो । सहायक रथी ललिबहादुर कुँवरले गोरखाबाट जितगढी पुग्ने ५५ जनाको टोली रहेको र जिल्ला–जिल्लाका ३५ जना सेनाको सहभागितामा पदयात्रा गरिएको बताए ।

‘राष्ट्रिय एकता, पर्यटन प्रवद्र्धन लगायत सबैमा सैनिक–नागरिक सम्बन्ध थप प्रगाढ बनाउँदै जाने र  सेनाले ऐतिहासिक धरोहर गढी, किल्लामा सबै अवलोकन गर्ने गरी कार्यक्रम आयोजना गरिएको छ,’ उनले भने । गोरखाबाट काठमाडौंका लागि एकीकृत पदयात्रा गरिरहेको अवस्थामा त्यसैको स्वरूप पश्चिमतर्फ एकीकरण पदयात्रा प्रथमपटक हुन लागेको हो ।

एकीकरणमा पृथ्वीनारायण शाहको पालामा ५ वटा पल्टन, जितगढीमा भाग लिएको एउटा गुल्मलगायत आ–आफ्नो जिल्ला–जिल्लामा तैनाथ गणको सहभागिता, जनप्रतिनिधि, सरोकारवालाको सहभागितामा हर्षोल्लासका साथ ऐतिहासिक पदयात्रा मनाइँदैछ ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख खनालले नेपाल एकीकरणमा हाम्रा वीर पुर्खाहरूले गरेको योगदानको स्मरण गर्दै अहिले जुन कार्य भइरहेको र त्यसले समाजमा सकारात्मक प्रभाव पारेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x