२३ असार २०८३, मंगलबार

शराब घोटालामा आज अरविन्द केजरीवालको बयान लिँदै सीबीआई

बैशाख ३, २०८०
शराब घोटालामा आज अरविन्द केजरीवालको बयान लिँदै सीबीआई

दिल्लीको शराब घोटालामा मुख्यमन्त्री अरविन्द केजरीवाल समेत मुछिएपछि केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले आज आइतवार बयान लिँदैछ ।

यसअघि पक्राउ नै परेका दिल्लीका तत्कालीन उपमुख्यमन्त्री मनीष सिसोदिया शराब घोटालाकै कारण पुर्पक्षका लागि थुनामा रहेका छन् ।

शराब घोटालामा जोडिएका व्यवसायीसँग मुख्यमन्त्री केजरीवालले भिडियो कल गरेको तथ्य बाहिरिएपछि सीबीआईले उनीसँग बयान लिन लागेको हो । बयान दिन केजरीवाल बिहान ११ बजे सीबीआई मुख्यालय जाँदैछन् । उनीसँगै पञ्जाबका मुख्यमन्त्री भगवंत मान र केही सांसद पनि सीबीआई कार्यालय जाने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दिल्ली पुलिसले सीबीआई मुख्याय आपासको सडकमा धारा १४४ लागू गरेको छ । धाराअनुसार ५ जनाभन्दा बढी व्यक्ति भेला हुन पाइँदैन । यसअघि उपमुख्यमन्त्री सिसोदियालाई सीबीआईले गत फेब्रअरीमा शराब घोटालाकै मुद्दामा पक्राउ गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्