×

NMB BANK
NIC ASIA

गोजीमा नागरिकता नहुनेको गफमा जनता भुले : पौडेल

बैशाख ३, २०८०

NTC
Premier Steels

४ मंसिरको निर्वाचनमा चितवन १ मा कांग्रेसबाट पराजित भएका विश्व पौडेलले गोजीमा नागरिकता नहुनेको गफमा जनता भुलेको टिप्पणी गरेका छन् ।

Muktinath Bank

१० वैशाखमा हुने उपनिर्वाचनलाई लक्षित गर्दै पौडेलले विषयविज्ञ र स्थानीय भूगोल बुझेको भन्दा स्टन्टबाजको पछि लाग्दा समस्या भएको बताएका हुन् । जनताका समस्यालाई ‘स्टन्ट’ बनाउनेलाई उपनिर्वाचनमा सबक सिकाउन उनले आग्रह गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जनमतको कदर गर्नुपर्छ तर गएको निर्वाचनमा चितवनमा गठबन्धनले उठाएका उम्मेदवारहरु डा. सुर्यकान्त घिमिरे, डा. भोजराज अधिकारी, डा. विश्व पौडेल (म आँफै)ले हा–र्यौं। उमेश श्रेष्ठ, जसले धेरैलाई रोजगारी दिनुभएको छ, ले हार्नुभयो। हामीले हार्दा कस्ता ‘क्षमतावान’ ले जिते, जगजाहेर छ। जसको गोजिमा नागरिकता छैन, उनैको देश बनाउने गफमा हाम्रा जनता भुले’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्झनु हुन्छ, आफ्नो जनसंपर्क अफिसमा सिइओ राख्ने नौटंकी  पानी ओसार्ने नौटंकी ? कोही स्थानीयले सिइओको जागिर पाए ? एयरपोर्ट गएर कसैलाई ल्याइयो ?’


Advertisment
Nabil box
Kumari

स्टन्टबाजभन्दा गाउँबस्तीमा खोज्दा सहजै भेटिने उम्मेदवारलाई विजयी बनाउन पनि उनले अपिल गरेका छन् । 

Vianet communication

‘मेरा मित्र जितनारायण श्रेष्ठजी सानैदेखि चितवनमा बस्नुभयो, मर्दापर्दा सबैको साथी बन्नु भयो, स्थानीयको सुख दुस्खमा साथ दिनुभयो। सबैलाई खुशी बनाउन खोज्नुभयो। गाउँमा हुर्केको साधारण मान्छेको छोरो सानैमा कांग्रेस जस्तो पार्टीको जिल्ला सभापति बन्नुभयो। भोलि चाहिँदा उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ, गाली खान ताली खान सबैको लागि उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ’ पौडेलले लेखेका छन्, ‘जीतनारायण स्टन्टवाज हैनन, यी अगाडि पछाडि क्यामेरा लगाएर स्टन्ट गर्दैनन्, अध्यारो कुनामा साइबर सेना राखेर आक्रमण गर्दैनन्। चितवनमा यसपाली जनताको समस्यालाई  ‘स्टन्ट’ को विषय बनाउनेहरूलाई हराऔं र सबक सिकाऔं।’ 

पौडेल ४ मंसिरमा चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग तेस्रो हुँदै ९ हजार बढी मतले पराजित भएका थिए ।  राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर उम्मेदवार बने पनि उनी पराजित हुन पुगेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x