१० साउन २०८३, आइतबार

भिजिबिलिटी कम हुँदा उडान अवतरणमा समस्या, कतार एयरवेज काठमाडौंको आकाशमा घुमेकोघुम्यै

भिजिबिलिटी कम हुँदा उडान अवतरणमा समस्या, कतार एयरवेज काठमाडौंको आकाशमा घुमेकोघुम्यै

मौसम बिग्रिएर कम भिजिबिलिटी भएका कारण आज आइतवार विहानभर त्रिभुवन विमानस्थलबाट उडान अवतरण गर्ने जहाजलाई समस्या भएको छ ।

कम भिजिबिलिटीका कारण काठमाडौं विमानस्थलबाट विभिन्न गन्तव्यमा जाने जहाजको उडान तथा अवतरण प्रभावित भएको छ । जसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिड बढेको छ ।

आन्तरिक उडानहरू ढिलो भइरहेका छन भने अन्तर्राष्ट्रिय उडानका वायुसेवालाई नै आवश्यक भिजिबिलिटी नपुगेका कारण अवतरण गर्न सकेका छैनन् ।

दोहाबाट आएको कतार एयरवेजको जहाज डेढ घण्टादेखि (विहान पौने ११ बजेसम्म) आकासमै फन्को मारेर बसिरहेको छ । यो जहाजले एक पटक अवतरण गर्ने प्रयास गरेपछि सफल भएन । जहाज ओभरसुट गरेर पुनः आकासमै होल्ड गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

विमानस्थलको टर्मिनल ड्युटी अफिसर (टीडीओ)का अनुसार कतार एयरलाइन्सले पुग्ने भिजिबिलिटी भएकोले पौने ११ बजेपछि भने अवतरण गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । 

आन्तरिक उडानको हकमा भने सिमरा विमानस्थल साढे १० बजे खुलेको छ । पोखरा र भरतपुर विमानस्थल भने अझै खुलेका छैन ।

अन्य विमानस्थलको उडान अवतरण सामान्य रहेको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्