२६ जेठ २०८३, मंगलबार

उपेन्द्र यादव भन्छन्, ‘माग पूरा नभएसम्म मधेसमा आन्दोलन जारी रहन्छ’

कात्तिक २०, २०७४
उपेन्द्र यादव भन्छन्, ‘माग पूरा नभएसम्म मधेसमा आन्दोलन जारी रहन्छ’

महोत्तरी, १६ भदौ– संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलेमधेशको मुद्दा सम्बोधन नहुञ्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन् ।

बिहीबार दिउँसो महोत्तरीको श्रीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले देशको हरेक निकायमा मधेशी समुदायको समानुपातिक सहभागिता नहुञ्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।

अध्यक्ष यादवले संविधानमा मधेशीको पहिचान कहीँ पनि उल्लेख नभएकाले संविधान संशोधन अपरिहार्य भए तापनि आफूहरुले आन्दोलनको अर्को रुपस्वरुप चुनावी मैदानमा उत्रिनुपरेको बताए ।

एक अर्को प्रसङ्गमा उहाँले देशको उच्च तहमा जबसम्म एक दलित पुग्दैन तबसम्म देशमा लोकतन्त्र स्थापित हुनै नसक्ने अध्यक्ष यादवले धारणा राख्नुभयो । सो अवसरमा पाँचसय कार्यकर्ता अन्य पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए ।

कार्यक्रमबीच गत २०३६ सालदेखि नेपाली काँग्रेसमा सक्रिय रहनुभएका तत्कालीन कटैया गाविसका पूर्वअध्यक्ष महेन्द्र यादवको नेतृत्वमा सयौं कार्यकर्तालाई पार्टी अध्यक्ष यादवले फूलमाला, अबिर लगाई पार्टीमा प्रवेश गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्