१० साउन २०८३, आइतबार
सेक्युरिटी प्रेस खरिद प्रकरण

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलविरुद्ध ६९ करोडको भ्रष्टाचार मुद्दा

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलविरुद्ध ६९ करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललगायत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कार्यकारी निर्देशक पौडेललगायत ९ जनालाई विपक्षी बनाई आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।​ पौडेलसँग ६९ करोड बिगो दाबी गरिएको छ ।

'(सेक्युरिटी प्रिन्टिङ प्रेस) खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौताविपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक कन्ट्री अफ ओरिजिन भएको जेनेरेटर स्वीकार गरी भुक्तानी गर्ने, खरिद सम्झौताबमोजिम कामै नगरी संरचना सञ्चालनबापत र आपूर्तिपछिको सेवाबापत अग्रिम तवरमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको तथा औचित्य पुष्टि हुन नसक्ने बल्क फ्युल ट्याङ्क सिस्टम खरिद गर्ने कार्य गरी नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानी नोक्सानी तथा सरकारी रकम दुरुपयोग गरी सुरक्षण मुद्रणका लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको,' अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

यस्तै मेकानिकल इन्जिनीयर (सीडीई) नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड बिगो दाबी गर्दै बिगोबमोजिमको जरिवाना माग गरिएको छ ।

शिक्षा मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा गएका पोखरेल अहिले वन तथा वातावरण मन्त्रालयमा कार्यरत छन् ।

हाल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत मुद्रण विभागका सहायक निर्देशक रमेशप्रसाद पोखरेललाई २० करोड बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

यसैगरी सेवानिवृत्त लेखा अधिकृत रामबहादुर बुढाविरुद्ध १९ करोड बिगो दाबी गरिएको छ ।

हेर्नुहोस्, बिगोको विवरण :

null

 

salt training

कमेन्ट गर्नुहोस्