०८ साउन २०८३, शुक्रबार

नर्भिक अस्पतालको ३० औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा प्रभातफेरी

नर्भिक अस्पतालको ३० औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा प्रभातफेरी

थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा आज (आइतवार) काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।

देशमा गुणस्तरीय र विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेसनल हस्पिटलले थापाथलीस्थित अस्पताल क्षेत्रबाट प्रभातफेरी कार्यक्रमको शुरूआत गरेको थियो ।

त्रिपुरेश्वर, भद्रकाली, माइतीघर हुँदै प्रभातफेरी पुनः नर्भिक अस्पतालमै आएर टुंगिएको थियो । 

प्रभातफेरीमा नर्भिक अस्पतालका उच्च व्यवस्थापनका अधिकारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । प्रभातफेरीमा सहभागीहरूले विभिन्न स्वास्थ्यसँग सन्देशमूलक नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

नर्भिकले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गर्दै भव्यतापूर्वक मनाइरहेको छ । भोलि (सोमबार) अस्पताल परिसरमै वार्षिकोत्सवको अवसरमा वृहत् रक्तदान कार्यक्रम पनि राखिएको छ । 

यसैबीच, नर्भिक अस्पतालले ३० औं वार्षिकोत्सवका अवसरमा विभिन्न अफरहरू पनि सार्वजनिक गरेको छ । 

वार्षिकोत्सवको अवसरमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा वैशाख १ गतेदेखि वैशाख ८ गतेसम्म एक साताका लागि ३० प्रतिशत छुटको घोषणा गरिएको छ । 

यसैगरी, लेजर र हाइड्रा फेसियलमा ३० दिनका लागि ३० प्रतिशत छुट, आईभीएफ(फर्टिलिटी प्याकेज) ३० दिनका लागि ३० प्रतिशत छुट, म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुट समेत उपलब्ध रहेको अस्पतालले जनाएको छ । 

अस्पतालले पत्रकार परिवारका लागि समेत विशेष हेल्थ प्याकेज ल्याइने यसअघि नै घोषणा गरिसकेको छ । 

वार्षिकोत्सवकै अवसर पारेर अस्पतालले काठमाडौंभित्र र बाहिर गरी ४ वटा विशेष स्वास्थ्य शिविर समेत आयोजना गर्दैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्