
हरियाणा प्रहरीले डेरा प्रमुख राम रहीमले गोधलिएको भनिएकी छोरी हनीप्रीत इन्सा विरुद्ध लुकआउट सूचना जारी गरेको छ ।
यौन शोषण मामलामा दोषी ठहरु भएपछि जेलमा बन्द राम रहीमलाई अदालतबाट भागाउने योजना बनाएको आरोप हनीप्रीत माथि लगाइएको छ ।
२५ अगस्ट अर्थात शुक्रबार डेरा प्रमुख राम रहीमलाई सीबीआइको विशेष अदालतले यौन शोषण मामलामा दोषी ठहर गरेको थियो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार दोषी ठहर भएपछि राम रहीमले भाग्ने योजना बनाएका थिए । हरियाणा प्रहरी र सेनाको जासुसी संयन्त्रले उनको योजनालाई असफल बनाएको थियो ।
राम रहीमलाई भगाउनका लागि हनीप्रीतले योजना बनाएको भन्दै प्रहरी उनको खोजीमा जुटेको छ । हनीप्रीत कहाँ छिन् भन्ने रहस्य बनेको छ । हरियाणा प्रहरीसँग मिलेर स्थानीय जाँच एजेन्सीले हनी प्रीतलाई खोजिरहेको छ ।
को हुन् हनीप्रीत इन्साहनीप्रीतको वास्तविक नाम प्रियंका तनेजा हो । हरियाणाको फतेहाबादमा बस्ने प्रियांका तनेजा अर्थात हनीप्रीत र विश्वास गुप्ताको विवाह १८ वर्ष अघि डेरा प्रमुख राम रहीमले गराइदिएका थिए । तर उनीहरुको विवाह धेरै दिन चलेन । केही दिनपछि हनीप्रीतले रामरहीमसँग केटा पक्षले दाइजो मागेर दुख दिएको उजुरी दिइन् । यस पछि राम रहीमले सन् २००९ मा उनलाई छोरीको रुपमा गोद लिएका थिए ।
राम रहीमका आफ्ना दुई छोरी र एक छोरा छन् । उनका अमनप्रीत, चमनप्रीत र जसमीत इन्सा छन् ।
सन् २००१ मा विश्वास गुप्ताले पञ्जाब एवं हरियाणा अदालतमा मुद्दा दायर गरेर राम रहीमको कव्जाबाट आफ्नो पत्नी अर्थात हनी प्रीतलाई मुक्त गराउन माग गरेका थिए । गुप्ताले राम रहीममाथि हनीप्रीतका साथ अवैध यौन सम्बन्ध रहेको आरोप लगाएका थिए ।
छाया जस्तै थिइन् हनीहनीप्रीत ती अन्य डेरा समर्थक मध्ये एक थिइन् । तर उनी राम रहीमकी सवैभन्दा नजिककी पात्र थिइन् । डेराका कयौं महत्वपूर्ण फैसलाका साथ राम रहीमले फिल्मको निर्देशन पनि गरेका छन् । उनले एकएसजी द वारियर लायन हार्ट फिल्म निर्देशन गरेका थिए ।
रामरहीमलाई दोषी ठहर गर्दै अदालतदेखि जेल लाने बेलासम्म उनी रामरहीमसँगै थिइन् ।