
काठमाडौँ महानगर क्षेत्रभित्र पूर्वाधार निर्माण गर्न ७ बुँदे निर्देशनसहितको नियम बनाइएको छ । पूर्वाधार निर्माण र मर्मत कार्य सञ्चालन गर्दा अपनाउनुपर्ने विषयमा महानगरपालिकाले ७ बुँदे नियम लागू गरेको हो । जसअनुसार सडक किनारमा निर्माण गरिने कुनै पनि भवनबाट सडकमा धूलो, निर्माण सामग्रीका टुक्रा आदि थुपार्न पाइने छैन ।
सार्वजनिक निकायले महानगर क्षेत्रभित्र सञ्चालन गर्ने पूर्वाधार निर्माण तथा मर्मत लगायतका कार्य सकभर राति .गराउनुपर्नेछ । यत्रतत्र राखिएका कुनै पनि निर्माण सामग्री वा उपकरण महानगरपालिकाले जुनसुकै बखत उठाउन सक्ने महानगरले स्पष्ट गरेको छ ।
यस्तै सार्वजनिक निकायले सञ्चालन गर्ने कुनै पनि निर्माण मर्मत कार्य सम्पन्न भए पश्चात् त्यस्ती क्षेत्रको पूर्ण सरसफाइ गर्नुपर्नेछ ।
नियमको उल्लंघन गर्ने माथि ५ हजारदेखि ५० हजारसम्म जरिवाना हुने नगरपालिकाकाले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।