१३ असार २०८३, शनिबार

फोहोर व्यवस्थापनमा रत्ननगर नगरपालिकालाई उत्कृष्ट पुरस्कार

फोहोर व्यवस्थापनमा रत्ननगर नगरपालिकालाई उत्कृष्ट पुरस्कार

देशभरका पालिकालाई फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला चितवनको रत्ननगर नगरपालिकाले नमूना फोहोर व्यवस्थापन गरेर उदाहरणीय काम गरेको छ । यही कामले देशभरका ७५३ पालिकालाई उछिनेर नगरपालिकाले उत्कृष्ट पुरस्कार हात पारेको छ ।
 
नेपाल नगरपालिका संघले शहरी सरसफाइ परियोजनाअन्तर्गत दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी नीतिगत पैरवी कार्यक्रम ‘युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट एसिया प्यासेफिक’सँगको सहकार्य तथा वातावरण तथा जनस्वास्थ्य संस्थाको प्राविधिक सहयोगमा सञ्चालन गर्दै आइरहेको छ ।
 
कार्यक्रम प्रभावकारी भएपछि रत्ननगरले ५ हजार डलर राशिको पुरस्कार प्राप्त गरेको हो । युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट (युसिएलजी) एसिया प्यासेफिक विल गेट्स एण्ड मेलिन्डा गेट्स फाउन्डेसनद्वारा सञ्चालित अन्तर्राष्ट्रिय संस्था हो । वातावरण संरक्षण तथा सरसफाइका क्षेत्रमा यसले काम गर्दै आएको छ ।
 
नगरपालिकाका इन्जिनियर पंकज गिरीका अनुसार जनप्रतिनिधि आउनुपूर्व नगरपालिकाले फोहोरमैला व्यवस्थापनमा १ करोडदेखि १ करोड २५ लाखसम्म वार्षिक खर्च गर्ने गरेको थियो । ट्रयाक्टर, मजदुर, ल्याण्डफिल्ड व्यवस्थापनमा खर्च हुँदै आएको थियो ।

जनप्रतिनिधि आएसँगै फोहोरको व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गरेर फोहोर व्यवस्थापन हुँदै आएको छ । यसका कारण हाल नगरपालिकालाई वार्षिक ४२ लाख रुपैयाँ आम्दानी हुने गरेको छ ।
 
अघिल्लो जनप्रतिनिधि रहँदा यो आम्दानी वार्षिक १० लाख मात्रै थियो । उनका अनुसार नगरपालिकाले फोहोर निजी क्षेत्रलाई उठाउन मात्रै लगाएको छैन, फोहोर न्यूनीकरणका लागि जनचेतनासमेत जगाउँदै आएको छ । वडा अध्यक्षको संयोजकत्वमा बजार व्यवस्थापन समिति गठन गरेर नगरवासीलाई प्लाष्टिकजन्य फोहोर न्यूनीकरण गर्दै वातावरणमैत्री अभियान सञ्चालन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्