०८ साउन २०८३, शुक्रबार

आजदेखि सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप हुँदै

आजदेखि सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप हुँदै

सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप आजदेखि गोकर्ण गल्फ क्लबमा हुँदैछ । 
 
७२ होलको प्रतियोगिता आजदेखि शुरू भएर बिहीवारसम्म चल्नेछ । कूल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा ३२ प्रोफेसनल  र ८ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
 
३६ होलको समाप्तीमा कट लागू हुनेछ । जहाँ उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम २ दिनका लागि स्थान बनाउनेछन् । 
 
विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ । दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । 
 
व्यावसायिक गल्फर भुवन नगरकोटी, जयराम श्रेष्ठ, धन थापा, निरज तामाङ, रामे मगर र रवि खड्कालाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ तर यी शीर्ष वरियताका गल्फरहरूले छैटौं प्रतियोगिताका विजेता सद्भाव आचार्य र १३औं दक्षिण एसियाली खेलकुद सागका दोहोरो स्वर्ण विजेता सुवास तामाङको चुनौती पन्छाउनुपर्नेछ ।

अन्य एमरच्योर गल्फरहरू टासी छिरिङ, वाङचेन ढोन्डुप र विजय श्रेष्ठ आइनहाउसले पनि उत्कृष्ठ प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । 
 
गोकर्ण गल्फ कल्बले प्रतियोगिताको लागि सबै तयारी पूरा गरेको छ । पीजीए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले यो वर्ष एमेच्योर र प्रोफेसनल गल्फरहरूबीच कडा प्रतिस्पर्धा भइरहेको र यसले नेपाली गल्फ विकासको लागि सहयोग पुग्ने बताए । 

नेपाली गल्फको विकासमा निरन्तर सहयोग गरेकोमा प्रायोजक सूर्य नेपाल प्रालिलाई उनले धन्यवाद प्रदान गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्