
वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट चितवन २ का उम्मेदवार जीतनारायण श्रेष्ठको चुनावी सभालाई आज कांग्रेस महामन्त्री गगन थापाले सम्बोधन गर्ने भएका छन् ।
सभालाई सम्बोधन गर्न महामन्त्री थापा र उपसभापति धनराज गुरुङ चितवन पुग्दैछन् ।
मध्यान्ह कालिका नगरपालिकाको क्लब चोक र अपरान्हमा भरतपुर महानगरपालिकाको धर्मचोकमा चुनावी सभा हुँदैछ । उम्मेदवारी मनोनयनको दिन अर्का महामन्त्री विश्वप्रकाश शर्मा चितवन पुगेका थिए ।
चितवन २ मा कांग्रेसका श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका सभापति एवं निवर्तमान सांसद रवि लामिछाने चुनावी मैदानमा छन् ।