१२ असार २०८३, शुक्रबार

बागलुङ नगरपालिकामा प्रत्येक महिना करदातालाई सम्मान

बागलुङ नगरपालिकामा प्रत्येक महिना करदातालाई सम्मान

बागलुङ नगरपालिकाले राजस्व संकलनको लक्ष्यमा पुग्न करदातालाई सम्मान गर्न थालेको छ ।

व्यवसायीलाई राजस्व समयमै तिर्न प्रोहोत्सान गर्न नगरपालिकाले करदातालाई प्रोत्साहन गर्न थालेको हो ।

आन्तरिक राजस्वलाई बढाउन नगरपालिकाले प्रत्येक महिनाको कर बुझाउन नगरपालिका आउने करदातालाई सम्मान गर्न थालिएको नगर प्रमुख राजु खड्काले बताए ।

वैशाखको पहिलो करदाताको रूपमा बागलुङ नगरपालिका–३ की बन्दना श्रेष्ठलाई सक्कान गरेको खड्काले बताए । श्रेष्ठलाई नगरपालिकाको लोगो सहितको मायाको चिनो र दोसल्लाले सम्मान गरेको उनको भनाइ छ । 

नगर उपप्रमुख खड्का भन्छन्, ‘समयमै कर बुझाउनुपर्छ भन्ने प्रेरणा मिल्यो भने हिसाबले यो अभियान थालेका हौं, कर बढाएर नभइ दायरा बढाउने, करदातालाई सम्मान गर्ने लगायतका विषयमा नगरपालिका अगाडि बढेको छ, अब करले हैन रहरले कर तिरौं भन्ने अभियान हो, मासिक रूपमा पहिलो करदाता, धेरै कर तिर्ने करदाता र नियमित कर तिर्ने करदाता सम्मान गर्ने हाम्रो योजना हो, अहिले प्रत्येक महिनाको पहिलो करतादालाई सम्मान गर्न आइतवारदेखि शुरू गरेका छौं ।’

नगरपालिकाले चालू आर्थिक वर्षमा ९ करोड आन्तरिक आयको अनुमान गरेको थियो । हालसम्म झण्डै ५० प्रतिशत (५ करोड) मात्रै कर संकलन गरेको छ । असार मसान्तसम्म राजस्व संकलन लक्ष्य नजिकसम्म पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए ।

नागरिकले नगरपालिकालाई तिर्नुपर्ने बहाल कर, सम्पत्ति कर, निकासी कर तथा सेवामूलक कर लगायतको दायारा बढाउँदै आन्तरिक आम्दानीलाई बढाउँदै गरेको छ ।

आर्थिक संकटका कारण करतादाहरू कर तिर्नका लागि प्रोत्साहित नभएको सन्दर्भमा नगरपालिकाले करदातालाई प्रोत्साहन गर्न थालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्