२३ असार २०८३, मंगलबार

श्रीलङ्काली नौसेनाद्वारा १७९ किलो हेरोइन बरामद

बैशाख ५, २०८०
श्रीलङ्काली नौसेनाद्वारा १७९ किलो हेरोइन बरामद

श्रीलङ्काको नौसेनाले सोमबार एक सय ७९ किलोग्राम हेरोइन बरामद गरेको छ । साथै र सो कारोबारमा  संलग्न छ जनालाई अन्तरराष्ट्रिय जलक्षेत्रबाट पक्राउ गरेको छ ।

नौसेनाले शनिबार राति श्रीलङ्काको दक्षिणी तटमा रहेको अन्तरराष्ट्रिय जलक्षेत्रबाट पक्राउ गरेको नौसेनाका प्रवक्ता गायन विक्रमसूरियाले बताएका छन् ।

हिरोइनको अनुमानित मूल्य १०.९ मिलियन अमेरिकी डलरभन्दा बढी रहेको बताइएको छ । नौसेना, प्रहरी र गुप्तचर निकायको संयुक्त कारबाहीमा उनीहरू पक्राउ परेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्