२३ जेठ २०८३, शनिबार

सही समय हेरेर खानुहोस् फलफूल, नत्र रोगी भइएला

कात्तिक २०, २०७४
सही समय हेरेर खानुहोस् फलफूल, नत्र रोगी भइएला

प्राय व्यक्तिले यो सोच्छन् कि फलफूल खाने कुनै खास समय हुँदैन, जतिबेला खाएपनि हुन्छ । यदि तपाईपनि यस्तो सोच्नुहुन्छ भने अब त्यस्तो सोचाई त्यागिदिनुहोस् ।

फलफूल खाने पनि सही र गलत समय हुन्छ । सही समयमा खाँदा मात्रै फलफूलले शरीरमा फाइदा पुर्याउँछ ।

कतिपय व्यक्तिको बानी हुन्छ खानासँगै या खाना खाएलगत्तै फलफूल पनि खाने । तर यस्तो बानी स्वास्थ्यका लागि एकदमै नराम्रो हो । खाना खानुभन्दा आधा घण्टा अगाडि अथवा खाना खाइसकेको आधा घण्टा पछि मात्रै फलफूल खानुहोस् । अन्यथा तपाईलाई पाचन तथा एसिडिटी सम्बन्धी समस्या हुन सक्छ ।

विहानको समयमा फलफूलसको सेवन स्वास्थ्य तथा शरीरका लागि सबैभन्दा बढी फाइदाजनक हुन्छ । तर केही फल यस्ता पनि छन्, जसलाई विहान खाली पेट खानु हानिकारक हुन्छ । अमिला फलहरु जस्तै सुन्तला, मौसमी खालीपेट खाँदा एसिडिटी बढ्न सक्छ ।

यदि तपाई पनि त्यस्तो व्यक्ति हुनुहुन्छ, जो स्वाद बढाउन तथा हेल्दी हुने विश्वासले फललाई दुध तथा दहीसँग खान्छन् । यदि यस्तो गर्नुहुन्छ भने तुरुन्तै यो बानी त्याग्नुहोस् । दुध तथा दहीसँग फलफूल खाँदा स्वास्थ्य सम्बन्धी अनेक समस्या देखा पर्छन् ।

केही फल मिर्गौला, पथ्थरीजस्ता रोगबाट पीडित बिरामीका लागि हानिकारक हुन्छन् । यसकारण चिकित्सकसँग सल्लाह गरेर मात्रै त्यस्ता व्यक्तिलाई फलफूल खुवाउनुहोस् । यदि खरभुजा खाँदै हुनुहुन्छ भने राम्रो हुन्छ कि यसको साथमा अरु फलफूल नखानुहोस् ।

फलफूलको चयन पनि आफ्नो शरीरको अवस्था अनुसार गर्नुहोस् । यदि तपाईलाई चिसो महशुष भइरहेको छ भने केरा, सुन्तला, मौसमी जस्ता फल धेरै नखानुहोस् । तपाईलाई गर्मी भइरहेको छ भने मेवा, आँप जस्ता फलफूलको सेवन कमै गर्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्